जनताको मन जित्ने हो भने सत्य बोल्नुहोस - रुपान्तरण
 २०८३ बैशाख ४, शुक्रबार    

जनताको मन जित्ने हो भने सत्य बोल्नुहोस


-ओम आचार्य, बिराटनगर

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरुसंग सत्यबोल्न आग्रहगर्दै, “अहिले कांग्रेस कमजोर भएको अवस्थामा कार्यकर्ताहरुले सत्य बोलेर जनताको मन जित्नुपर्ने” बताउनु भएकोछ । क्रियाशील सदस्य नवीकरण नभएको क्षेत्रबाट छिटो नवीकरणगर्ने आग्रह गर्नु भयो ।

पार्टीका कार्यालय पदाधिकारी र क्षेत्रबाट प्रतिनिधित्व गरेका साथीहरुसंग कोइराला निवासमा आयोजित भेटघाट कार्यक्रममा डा.कोइरालाले बताउनु भयो : कांग्रेस कमजोर हुदै गएको अहिलेको अवस्थामा सबैले आफ्नो आफ्नो क्षेत्रबाट संगठनलाई मजवुत बनाउन जनतासंग नजिक रहेर कामगर्नु आबश्यक छ ।

पार्टीका क्षेत्र एवं जिल्लाका पदाधिकारी सहित मोरंगका सभापति डिगवहादुर लिम्वुले क्रियाशील सदस्य र संगठनको विषयमा राखेको जिज्ञासामा डा.कोइरालाले सदस्यता र संगठन बिस्तारमा ध्यानदिन आग्रह गर्नुभयो । मोरंग सभापति लिम्बूले नेता कोइरालाले पन्ध्रौ महाअधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने वताइसक्नु भएको अवस्थामा गुट–उपगुटका कुरा छाडेर काग्रेसलाइ वलियो वनाउन सवै एक भएर लाग्नुपर्ने बताउनु भयो ।

डा. शेखर कोइरालाले भन्नुभयो, काग्रेस सभापतिमा जो कोही उम्मेदवार भएपनि कार्यकर्ताले सत्यको साथ दिने समय आएकोछ । अहिले काग्रेस अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेको छ । कहिले कुलिंग पिरियड, कहिले गिरिवन्धु टि स्टेट, कहिले लिच्चिबारी अनेक तमाशा भएकाछन । नेता कोइरालाले यसबाट काग्रेसको छवि विग्रने चिन्ता ब्यक्त गर्नुभयो ।