बिराटनगरमा कांग्रेस र शेखर - रुपान्तरण
 २०८३ बैशाख ४, शुक्रबार    

बिराटनगरमा कांग्रेस र शेखर


-ओम आचार्य
बिराटनगर । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाका निकटतम भनेर चिनिने केही ब्यक्तिहरु विधान संशोधन गरेर भएपनि सभापतिमा देउवालाई उम्मेदवार बनाउनुपर्ने तर्कगर्न थालेका छन । ती ब्यक्तिहरुले सभापति देउवाको बार्धक्य विर्सेका हुन कि उहाँ स्वयको चाहना बोलेका हुन ? यसै हो भन्न सकिदैन । अहिले कांग्रेसको संगठन निकै कमजोर देखिन्छ । काग्रेसभित्र अहिले संगठन बलियो बनाउनेमा भन्दा पनि एक अर्कालाइ समाप्तगरेर अगाडि बढने होडबाजी बढदोछ ।
वर्तमान गठवन्धन सरकारको निर्माणमा काग्रेसको प्रमुख भूमिका रहेको छ । तर, वर्तमान सरकारको क्रियाकलापले जनमानसमा कांग्रेसको लोकप्रियता खस्कदोछ । आखिर यस्तो भयो किन ? यो प्रश्न गम्भीर छ । कांग्रेसको विधान नै संशोधन गरेर फेरी एकपटक सभापति वनाउन चाहनेहरु काग्रेस होइनन ।

देउवा समुहभित्रै लडाई
कांग्रेसमा देउवासंग नजीक मानिने नेताहरुको कुनै कमी छैन । गोपालमान श्रेष्ठदेखि डा.शशांक कोइराला, बिमलेन्द्र निधि, पूर्ण खडका, कृष्ण सिटौला, प्रकाशमान सिंह सबै सभापति पदका लागि लालयित देखिन्छन । यो समुहभित्र स्वाभाविक रुपले एक अर्काका विरोधी र प्रतिस्पर्धी छन । यिनीहरुले आपूmतिर सभापति देउवाको ध्यान आकर्षितगर्न निकै मेहनत गरेका छन । अहिलेसम्म सभापति देउवा शब्द र संकेत दुबै हिसावले मौन छन ।

कांग्रेस चिनाउदै डा. शेखर
यी सबै आकांक्षीहरुबाट पृथक देखिएका छन डा. शेखर कोइराला । उनले सभापति पदमा आफनो उम्मेदवारीको घोषणा गरिसकेका छन । उनले देशका बिभिन्न स्थानहरुको भ्रमण गरेर आफनो उपस्थिति पनि देखाएका छन । पार्टी भित्रहोस वा बाहिर, कांग्रेस सम्मिलित सरकारको पक्षमा होस वा विपक्षमा, डा. शेखरले कांग्रेसभित्र देखिएको विसंगत अवस्था बिरुध्द कडा प्रहार गरेकाछन । कांग्रेस पदाधिकारी नभएपनि कांग्रेसभित्र जिल्ला दौडाहागर्ने उनी बराबरका अर्को नेता कोही देखिएको छैन । डा. शेखरको निरन्तरको जिल्ला दौडाहले कांग्रेसभित्र केही आशा पक्कै जगाएको छ !
आफना भ्रमणहरुमा शेखरले सत्यको आव्हान गरेको सुनेर साधारण कांग्रेस कार्यकर्ताहरु खुशी भएकाछन । वीपी कोइराला भन्ने गर्नुहुन्थ्यो : नेतृत्व तहले गलत कामगर्दा पनि टुलु टुलु हेरेर वस्नु भनेको कि चरम अवसरबादिता हो, कि दास प्रबृत्ति । डा. शेखरले बीपीको त्यही वचनलाई आफनो राजनीतिको आधार बनाउन खोजेका छन ।