के एम सी : एक परिचय - रुपान्तरण
 २०८२ माघ ५, सोमबार    

के एम सी : एक परिचय


वि.सं. २०५४ मा सिनामङ्गल, काठमाडौंमा स्थापित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल (केएमसी) राजधानीकै व्यस्त अस्पताल हो । प्रारम्भमा प्राइभेट कम्पनीको रूपमा सञ्चालित यो अस्पताल अहिले हजारभन्दा बढी शेयर सदस्य रहेको पब्लिक कम्पनीका रूपमा सञ्चालित छ । यसले सर्वसाधारण नेपालीलाई विश्वस्तरीय स्वास्थ्य सेवा दिने र नेपालमै दक्ष चिकित्सक उत्पादनगर्ने उद्देश्य राखेको छ । प्रतिनिधिसभामा अत्यधिक मतले निर्वाचित नेपाली कांग्रेसका सांसदका रुपमा आफनो परिचय स्थापितगर्नु भएका डा. सुनील शर्माको केएमसीमा मुख्य स्वामित्व रहेकोछ ।

प्रारम्भमा नेपालमा आधुनिक चिकित्सा शिक्षाको बढ्दो मागलाई ध्यानमा राखेर केही चिकित्सक र चिकित्सा शिक्षाविद्हरूको पहलमा केएमसीको स्थापना भएको थियो । सांसद शर्माले २०७७ सालमा अस्पतालको स्वामित्व खरिद गरेर व्यवस्थापकीय नेतृत्व लिएपछि केएमसीले मेडिकल शिक्षा तथा स्वास्थ्यमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

अस्पतालका महा–प्रवन्धक नारायणप्रसाद दाहाल भन्नुहुन्छ : डा.सुनिल शर्माले अस्पतालको नेतृत्व लिएपछि केएमसीले बिरामीहरुको उपचारमा ठूलो फड्को मारेकोछ । क्यान्सरको बृहत्तर सेवाबाहेक, नेपालका ठूला अस्पतालले दिने सेवा केएमसीले उपलब्ध गराउँदै आएको छ । क्यान्सर रोगको उपचारका लागि पनि द्रूत्तगतिले पूर्वाधार तयार भइरहेको छ ।

अस्पतालमा उपचारका लागि दैनिक दुई हजारको हाराहारीमा बिरामी आउने गरेकाछन । यहाँ सीटी स्क्यान, एमआरआई, क्याथल्याब आदि सेवाका लागि अत्याधुनिक उपकरण उपलब्ध छन । न्यूरोसर्जरीमा रोबोटिक प्रविधि भित्य्राउने नेपालकै पहिलो अस्पताल हो केएमसी ।

स्वास्थ्य बीमामार्फत २० प्रतिशत सहभुक्तानी गरी सेवा पाइने नेपालका १० निजी अस्पतालमध्ये केएमसी एक हो । बीमितले एक लाख रुपैयाँसम्मको उपचार सेवामा कुल रकमको २० प्रतिशत मात्र भुक्तानी गरे पुग्छ । यो सेवाले अस्पताललाई थप आकर्षक बनाएको छ ।

स्थापनाको तीन दशक पुग्न लाग्दा मेडिकल कलेज र अस्पतालको रूपमा केएमसीको नाम अग्रपंक्तिमा आउँछ ।