काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइः एक साता थप - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइः एक साता थप


काठमाडौं । उपत्यकामा १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । यस्तै निषेधाज्ञा एक साता थप गर्दै २९ गतेसम्म पुर्‍याइएको छ । मङ्गलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय बैशाख २२ गते राति १२ बजेसम्मका लागि तोकिएको थियो। त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरिएको हो । अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ।

निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ। अब देखि अनावश्यक रूपमा हिंडडुल गर्नेहरूलाई कारबाही गर्ने समेत तयारी जिल्ला प्रशासन कार्यालयको तयारी छ।