नेकपा नुवाकोट स्थानीय कमीटीको खुलासा - रुपान्तरण
 २०८३ भाद्र २५, बिहीबार    

नेकपा नुवाकोट स्थानीय कमीटीको खुलासा


- रुपान्तरण संवाददाता 

२०८३ भदौ १० लाङटाङ लिरुङ हिम श्रङ्खलामा गएको हिमपहिरोले लेहन्दे खोला हुदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिंग तीन जिल्ला संकटग्रस्त भएको छ ।

यो घटनाको आज १५ दिन पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी, नुवाकोट–२ क स्थानीय कमिटीले पहिलो पटक आज घटनाले पुर्याएको क्षति बारे स्थानीय विवरणको खुलासा सामाजिक संजाल मार्फत गरेको छ ।

‎स्थानीय कमीटीका अनुसार प्रत्यक्ष क्षतिग्रस्त भएका क्षेत्रहरुमा,
नुवाकोट जिल्लामा क्षतिग्रस्त घर ‎जग्गा जमिन ९,५०० कित्ता ।
‎निजी आवास, सरकारी भवन र सडक पूर्वाधार ३४ अर्ब रुपैयाँ बराबरको ।
‎अर्वौ लगानीको ‎जलविद्युत आयोजना –३ ।
सोलार आयोजना – १ ।
‎खानेपानी तथा सिँचाइ पूर्वाधार ।
मोटर चल्ने पुल – ८ । ‎
झोलुङ्गे पुल – ६ । ‎
बैंक – ३ ।
सहकारी – १४ ।
‎प्राविधिक शिक्षालय –१ ।
‎कलेज – १ ।
‎विद्यालय – ११ ।
‎स्थानीय तह भवन –२ ।
धार्मिक सांस्कृतिक सम्पदा –६१ ।

विवरण अनुसार, जिल्लामा खोज, उद्धार र राहत वितरणमा एकद्वार प्रणालीको नाममा सैन्य कमाण्डलाई हावी बनाइएको र जनप्रतिनिधि र संस्थाहरुको भूमिकालाई कमजोर बनाइएको हुनाले पार्टीको पहलमा अन्य राजनीतिक दलहरूलाई समेत समेटेर सर्वदलीय बैठक राखी जनप्रतिनिधि, संस्था, जिल्ला समन्वय समिति र नगरपालिका मार्फत उद्धार एवम् राहत वितरण लगायतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्न नुवाकोट सफल भएको छन ।

‎जिम्मेवार निकायले योजना निर्माण गरि प्रत्यक्ष प्रभावित क्षेत्रका नागरिकहरुलाई तीव्र गतिमा प्रभावकारी राहत वितरण तथा आपतकालीन उद्दार केन्द्रबाट अस्थायी आवास हुँदै स्थायी आवास निर्माणतिर लैजानुपर्ने अहिलेको प्राथमिकता र आवश्यकता हो ।