कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिनाका लागि थप गरिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना म्याद थप्ने निर्णय गरेको हो । बैठकले पार्टीको १४औं महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ ।

बैठकका रणनीति तय गर्न बुधबार पार्टी कार्यालयमा दिनभर विभिन्न समूहका छलफल भएका थिए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहको छलफलपछि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र शीर्ष नेताहरुले महाधिवेशन ७ गतेदेखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए ।

"