मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहारः नेपाली मारिए - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहारः नेपाली मारिए


एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित तीन जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित तीन जना मारिएका हुन् ।

घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक र घाइते विद्यार्थी नेपालको संखुवासभा जिल्ला निवासी भएको बताइएको छ । यद्यपी उनीहरुको परिचय खुलेको छैन ।

६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गरेको बुझिएको छ । मृतक र घाइते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थिए । तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारी पनि मारिएका छन् ।

"