अन्ततः प्रधानमन्त्री ओलीले संसदमा विश्वास गुमाए - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

अन्ततः प्रधानमन्त्री ओलीले संसदमा विश्वास गुमाए


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत पुर्याउन असफल भएका छन् । विश्वासको मत गुमाएपछि ओली काचलाउ भएका छन् ।

उनले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावका पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ । यस्तै तटस्थमा १५ मत परेको छ । उनलाई आफ्नै दल नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले मत दिएनन । उक्त समूहका २७ सांसद अनुपस्थित रहे ।

यसैगरी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको दल नेपाली कांग्रेसलेसमेत ओलीलाई विश्वासको मत दिएन भने त्यसपछिको दोस्रो प्रतिपक्षी माओवादी केन्द्रलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मतको पक्षमा मत नदिएको हो ।

यसैगरी जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराइ समूहले विश्वासको मतको विपक्षमा मतददान गरेको छ भने जसपाका महन्त ठाकुर र राजेन्द्र महतो पक्षधर सांसदहरु तटस्थ बसेका छन् । बानेश्वरस्थित संसद भवनमा भएको मतदानका लागि कोरोना संक्रमित सांसदहरुलाई छुट्टै व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा(१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधि सभा नियमावली, २०७५ को उपनियम(२)बमोजिम विश्वासको मतका लागि प्रस्ताव प्रश्तुत गरेका थिए ।