आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो


काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा एमाले विभाजनको तयारी गरिएको आरोप लगाएका छन् । ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो;’भन्दै भुसालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्नेहरु अहिले एमाले विभाजन गर्न खनाल र नेपाललाई गाली गरिरहेको संकेत गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत पछिल्लो राजनीतिक घट्नाक्रमलाई विश्लेषण गर्दै आफ्नो प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन्,‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’

आत्मसमर्पण नगर्ने आसय ब्यक्त गरेका नेता भुसालले लेखेका छन्, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

“हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ । आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन । विद्रोहले क्रान्तिमा योगदान गर्छ िकगर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।”

"