नेपालसहित चार नेताको कारवाही फुकुवापछि ओलीलाई अल्टिमेटम - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नेपालसहित चार नेताको कारवाही फुकुवापछि ओलीलाई अल्टिमेटम


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेका छन् । वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेका हुन् । उनीहरुमाथि पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै ६ महिना निलम्बनसहित कारवाही गरिएको थियो ।

तर अहिले प्रधानमन्त्रीमा आफूलाई अप्ठेरो पर्ने अवस्था आएपछि ओलीले नेपाल समूहमाथिको कारवाहीलाई फिर्ता लिएका हुन् । एमाले नेता सुवास नेम्वाङले केहीबेरअघि बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको जानकारी दिए ।

गत १६ चैत मा नेता नेपाल र रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै ६ महनिाका लागि निलम्बन गरिएको थियो । यस्तै २३ चैतमा पाण्डे र भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गर्ने निणर्य गरेको थियो ओलीले गरेका थिए । अन्य २३ नेतमाथिसमेत निलम्बन गरिएको छ ।

यता, माधव–झलनाथ पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष ओलीलाई बिहीवार साँझसम्मका लागि अल्टिमेटम दिएका छन । कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिए । माग पूरा नभए राजीनामा दिने रावलको चेतावनी छ ।