ओली पुनः चतुर सावित - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

ओली पुनः चतुर सावित


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पुनः चतुर सावित भएको टिप्पणी गरेका छन् ।

वैकल्पिक सरकार बन्ने सभ्वना टरेपछि सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजीनितमा ओली पुनः चतुर सावित भएको टिप्पणी गरेका हुन् ।

भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताए । उनले अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने जिकिर गर्दैसबैले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले गत सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि बिहीबार बेलुकी ९ बजेसम्मको समयसीमा दिएकी छन् । तर, उक्त समयसीमाभित्र सरकार गठन हुने सम्भावना टरेपछि ओली पुनः संविधानको धारा ७६ को उपधार ३ बमोजिम संसदको ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुँदै छन् ।