ओली सरकारमा पुरानै मन्त्री - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

ओली सरकारमा पुरानै मन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् । बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नवनियुक्त मन्त्रीहरूको यस अघिकै जिम्मेवारी तोकिएको छ । यसअघि मन्त्रिमण्डलमा हेरफेर हुने भनिएको भए पनि हाललाई साविककै मन्त्रीहरू रहेका छन् ।विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।

ओलीको पुरानै टिममा इश्वर पोखरेल उपप्रधानमन्त्री छन् । गृहमन्त्रीमा बादल, अर्थमा विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य हृदयेश त्रिपाठी, उद्योग लेखराज भट्ट, शिक्षा कृष्णगोपाल श्रेष्ठ, सहरी विकास प्रभु साह, पर्यटन भानुभक्त ढकाल, खानेपानी मणिचन्द्र थापा, कृषि पद्मा अर्याल, भौतिक पूर्वाधार वसन्तकुमार नेम्वाङ, श्रम गौरीशंकर चौधरी, सञ्चार पार्वत गुरुङ, भूमि व्यवस्था डा. शिवमाया तुम्बाहाङफे, कानुन लिलानाथ श्रेष्ठ, सामान्य प्रशासन गणेशसिंह ठगुन्ना, वन प्रेमबहादुर आले, महिला बालबालिका जुलीकुमार महतो, युवा तथा खेलकुद जुलीकुमारी महतो छन् । स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावत, सहरी विकास राज्यमन्त्रीमा रामबिर मानन्धर र उद्दोग राज्यमन्त्रीमा विमला वि.क.ले सपथ लिएका छन् ।

तस्विर साभार : गोरखापत्र

"