जसपा ओली सरकारमा नजाने - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

जसपा ओली सरकारमा नजाने


काठमाडौं । जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने तर आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।

आठ बुँदामा विज्ञप्ति जारी गर्दै उनीहरुले राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा मात्र सरकार गठनमा अगाडि बढ्ने प्रष्ट पारेका छन् । तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

उनीहरुले पार्टी एकतालाई अझ सुदृढ गरी बलियो बनाउन नेतृत्व र पार्टी सदस्यहरु एकजुट हुने पनि बताएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन  ठाकुर र यादव सहमत भएका छन् ।