योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा.पुष्पराज कंडेल - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा.पुष्पराज कंडेल


काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा. पुष्पराज कंडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कंडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनःनियुक्ति पश्चात विहीबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण पश्चात उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।