प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारवाही गर्न उजुरी - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारवाही गर्न उजुरी


काठमाडौं । वागमती प्रदेशको उपनिर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ ।

मौन अवधि सुरु भइसकेपछि बुधबार प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गरेका थिए । उक्त अपिल आचारसंहिताविपरीत रहेकोले कानून बमोजिम कारवाही गर्न माग गरेको हो ।

कांग्रेस संसदीय दलका तर्फबाट अधिकृत विजयेन्द्र वीर आलेले निर्वाचन आयोगलाई औपचारिक पत्र लेखेर कारवाहीको माग गरेका हुन् । पत्रमा उल्लेख भएअनुसार निर्वाचन आयोग आचार संहिता, २०७२ को दफा ५ घ (३), (५) र (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाही गर्न माग गरिएको छ ।