राष्ट्रियसभा उपनिर्वाचन: डा.देवकोटा विजयी, बादललाई धक्का - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

राष्ट्रियसभा उपनिर्वाचन: डा.देवकोटा विजयी, बादललाई धक्का


काठमाडौं। वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा.खिमलाल देवकोटा विजयी भएका छन् । सत्तारुढ दल एमालेबाट उम्मेदवार बनेका राम बहादुर थापा बादललाई देवकोटाले हराएका हुन् ।

बिहीबार अपराह्न सम्पन्न उपनिर्वाचनमा १०५ प्रदेशसभा सदस्यले मतदान गरेकोमा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका थिए ।

यसैगरी स्थानीय तहका प्रमुख र उपप्रमुखहरु २३३ जनाले मतदान गरेका थिए । जसमा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुने आयोगले बताएको छ ।

एमालेका उम्मेदवार बादल सूर्य चिन्ह लिएर मैदानमा थिए । यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबाट उम्मेदवार बनेका डा.देवकोटाले कलम चिन्ह र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले मादल चिन्ह लिएर चुनावी मैदानमा थिए ।

हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार मतभारका दृष्टिकोणले डा.देवकोटाको ५०८८ मतभार छ भने बादलको पक्षमा ४०१४ मत छ ।