प्रचण्डले १० वर्षसम्म जनतालाई ढाँटेर समय विताए - रुपान्तरण
 २०८१ जेठ ४, शुक्रबार    

प्रचण्डले १० वर्षसम्म जनतालाई ढाँटेर समय विताए


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षसम्म जनतालाई ढाँटेर प्रचण्डले सत्ता र आसपासमा समय बिताएको आरोप लगाएका छन् ।  यतिबेला प्रचण्ड–नेपाल समूहका नेताहरु आत्तिरहेको बताउँदै उनले देश बनाउने उद्देश्य नबोकेका केही तत्वहरु पार्टीबाट बाहिरएको बताए ।

आफूलाई काम गर्नै नदिने वातावरण सिर्जना गरेकोले संसद विघटन गरेर चुनावमा जान लागेको स्पष्ट पारे ।

बुटवलमा शनिबार ओली समूहको सभालाई सम्बोधन गर्दै उनले कठैबरा भन्नुपर्ने किसिमका मानिस पार्टीबाट नबाहरिएकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

ओलीले भने, ‘पार्टीमा बसेर समस्या खडा गर्ने, पार्टीको बदनाम गर्ने, पार्टीलाई अनुशासनहीन र आचरणहीन देखाउने, गुटबन्दीलाई बढावा दिनेहरु बाहिरएका हुन् ।’

उनले अबको चुनावमा ५० लाख समानुपातिक मत ल्याउने र प्रत्यक्षमा बहुमत ल्याउने दाबी गरे । उनले अब आफू सत्तामा पुग्न सपना देखाउने, आश्वासन दिने र झुक्याउने समय बितेकाले प्रचण्डको साटो आफ्नो पक्षमा जनमत देखिएको दाबी गरे ।

ओलीले प्रचण्ड पक्षधरले विकास, समृद्धि र राष्ट्रियताको एजेन्डामा बहस गर्नु साटो केपी ओलीलाई लखेट्ने र देश बिगार्ने मात्रै उद्देश्यले देशव्यापी आमसभा गरेको बताए ।

प्रधानमन्त्री ओलीले निर्मला पन्तदेखि भागरथी भट्टसम्मका बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि नछोड्ने चेतावनी दिएका छन् ।

उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिए । ‘अपराधीलाई विश्वका कुनै पनि भागमा गए पनि छाडिने छैन,’ उनले भने, ‘उनीहरुलाई कानुनी दायरामा राखिनेछ, कारबाही गरेरै छाडिनेछ, दोष र अपराधबाट मुक्त हुनै सक्दैन ।’ ‘केही समयभित्रै भागरथी र निर्मला हत्याका अपराधीलाई अदालतको कठघरा उभ्याएर सजाय दिनेछौं’, उनले थपे ।

""