लकडाउनको सुनसान सडकमा पनि सवारी दुर्घट्ना - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

लकडाउनको सुनसान सडकमा पनि सवारी दुर्घट्ना


धरान । जिल्ला जिल्लामा जारी निषेधाज्ञाका कारण देशभर भएको लकडाउनको सुनसान सडकमा पनि सवारी दुर्घटना हुने गरेको प्रदेश १ प्रादेशिक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बुधवार देखि विहीवार विहान २४ घण्टाको अवधिमा झापा, मोरङ र सुनसरीमा भएका तीन वटा सावरी दुर्घट्नामा ५ जना घाइते भएको बताइएको छ । घट्नामा एक गम्भिर घाइते विर्तामोड बिएण्डसी अस्पतालमा पुर्‍याएएको छ ।

झापाको अर्जुनधारा–६ कप्तानवारीमा मे.३ प ९३२४ नम्बरको मोटसाइकल दुर्घट्नामा ३५ वर्षिय प्रविण रिमाल गम्भिर घाइते भएका हुन् । उनलाई उपचारको लागि विर्तामोड स्थित बिएण्डसी अस्पतालमा भर्ना गरिएको छ । लकडाउनका बेला खुला पक्कि सडकमा आफै अनियन्त्रित भई मोटरसाइकल पल्टिएको थियो । प्रहरी अनुसार चालकले मादक पदार्थ सेवान गरेका थिए ।

मोरङको बुढिगंगा गाउँपालिका–३ गोकुवाचौक लोकमार्गमा को८प २०४८ को मोटरसाइकलले साईकल यात्रीलाई पछाडिबाट ठक्कर दिदा २ जना घाइते भएका छन् । घाइतेमा साईकल यात्री बारा करैया–५ घर भई बुढिगंगा–१ का मजदुर २० वर्षिय दिपरञ्जन चौधरी र चालक सुन्दर हरैचा–३ का २७ वर्षिय तुलशी चौधरी छन् । दुर्घट्ना खाली सडकमा तिब्रगतीले मोटसाइकल हाँक्दा भएको बताइएको छ ।

यसैगरी सुनसरीको ईटहरी–१३ कोशी लोकमार्गमा तिब्र गतिमा हाँकेको बा १३ च ५९२३ नम्बरको स्कारपियो आफै अनियन्त्रीत भई सडकको बिच डिभाईडरलाई ठक्कर दिएर अनियन्त्रित भई दुर्घटना भएको छ । स्कारपियोमा सवार मोरङ बुडिगंगा–४ का ४६ वर्षिय असोक मिया र ४८ वर्षिय ईब्राहिम मिया घाईते भएका छन् । चालक ईटहरी १० का ३० वर्षिय रोशन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।