प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको फैसला पाँच जनाको पोल्टामा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको फैसला पाँच जनाको पोल्टामा


काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विहीबारदेखि सुनुवाइ शुरु भएको छ। जसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनमाथि सुनुवाइ गर्न पाँच जनाको संवैधानिक इजलास गठन गरिएको हो ।

प्रधानन्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था बमोजिम न्यायाधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । विहीबार मात्र प्रधानन्यायाधीशको एकल बेन्चले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिट निवेदनमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । ३१ वटा मुद्दामा सुनुवाइ शुरु हुँदैछ, जसमा चार वटा मुद्दा भने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षका मुद्दा हुन् ।