बजेट भाषण: कर्मचारी, बृद्धबृद्धा र प्रहरी खुशी - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

बजेट भाषण: कर्मचारी, बृद्धबृद्धा र प्रहरी खुशी


काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब २ हजार रुपैयाँ बढाएको छ । महंगी भत्ता भने यथावत राखेको छ । कोरोनाका कारण तलब बढाउने अवस्था नभएको भन्दै कर्मचारीको मनोबल घट्न नदिन न्यूनतम मात्रै भए पनि तलब बढाइएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए ।

पौडेलले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै कर्मचारीका लागि सातै प्रदेशमा सामूहिक आवास बनाइनेसमेत घोषणा गरे । यथावत राखिएको भत्ता २ हजार रुपैंयाँलाई निरन्तरता दिइएको हो । बढेको तलब निजामतिबाहेक प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरुका लागि पनि लागू हुने छ।

त्यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको राशनभत्ता वृद्धि भएको छ । सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि १५ प्रतिशत राशनभत्ता बढाउने घोषणा गरेको हो । केही समयअघि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता ३५ प्रतिशतसम्म वृद्धि गर्न सिफारिस गरेको थियो ।

सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गरिएको हो । बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्‍याएको छ। बृद्धभत्ता मासिक ३ हजार रुपैयाँ थियो । सामाजिक सुरक्षा भत्ताका लागि चालु आर्थिक वर्षमा ७३ अर्ब ८१ करोड रुपैयाँ बिनियोजन गरेको छ।

"