सभामुख र उपराष्ट्रपतिप्रति ओलीको आक्रोश - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

सभामुख र उपराष्ट्रपतिप्रति ओलीको आक्रोश


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको आरोप लगाएका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा उक्त समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सभामुख र उपराष्ट्रपति नन्दबहादुर पुनको पनि आलोचना गरेका हुन् ।

‘सरकारविरुद्ध झगडिया हो सभामुख । यस्तो गर्न सुहाउँछ सभामुखले ?’ ओली भने, ‘सभामुख झगडिया हुन जानुभएको छ ।’ सभामुखले सरकारको विरुद्धमा मुद्दा हाल्दै हिंडेको र किर्ते काममा लागेको आरोप पनि ओलीले लगाए ।

त्यस्तै उपराष्ट्रपति पुनलाई सरकारविरुद्ध भाषण गर्दै हिंडेको भनेर ओलीले आलोचना गरे । उनले भने, ‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिंड्नुभएको छ । उहाँको पदले भाषण गरेर हिंड्ने, सरकारको विरोध गरेर हिंड्ने होइन । संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरु, प्रतिनधिसभा विघटन गरेर बेठिक भयो चुनाव, गर्न पाइँदैन भन्ने होइन ।’

ओलीले कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने, ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने पनि बताए । ओलीले पार्टी सिध्याउन केही नेताहरु फुटको खेतीमा लागेको उल्लेख गरे । उनले पुष्पकमल दाहाल प्रचण्डले विकासको राजनीतिमा व्यवधान हालेको बताए ।

ओलीले तीन वर्षमा नेपालमा असाधारण प्रगति भएको बताए । ओलीले शिक्षा, विकास, स्वास्थ्यलगायतका क्षेत्रमा नेपालमा असाधारण प्रगति भएको पनि बताए । उनले भने, ‘विकासका लागि तीन वर्ष लामो समय होइन, तर धेरै प्रगति गर्न हामी सफल भएका छौं ।’

 

 

 

"

"