संवैधानिक इजलासमाथि प्रश्न, मुद्दा हेर्दाहेर्दैमा - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

संवैधानिक इजलासमाथि प्रश्न, मुद्दा हेर्दाहेर्दैमा


काठमाडौं । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दा  मंगलबार सुनुवाइ हुने भएको । सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको हो । इजलासमा उठेका बिषयमा भोलि(सोमबार) छलफल गर्नेगरि मंगलबारका लागि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । 

आइतबार भएको बहस इजलाशमा रहेको न्यायाधीशहरुमाथि प्रश्न उठेपछि मुल मुद्दामा बहस नभइ मंगलबारलाई सरेको हो । मुद्दाका पक्ष वकीलहरुले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले सुनुवाई गर्न नमिल्ने कुरा उठाएपछि मुल मुद्दा अलमलमा परेको हो ।

शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ शुरु हुन नपाउँदै नहुँदै इजलाश गठनका विषयमा वकीलहरुले प्रश्न उठाएका थिए । रिट निवेदकका सबैजसो कानुन व्यवसायीले न्यायाधीश श्रेष्ठ र केसीलाई इजलाशमा निरन्तरता दिन नहुने जिकीर गरेका थिए ।

आफूले तोकेको इजलाशका न्यायाधीशप्रति प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र वरिष्ठ अधिवक्ताहरूबीच सवाल जवाफ चलेको थियो । प्रधान्यायाधीशले न्यायाधीश छान्ने अधिकार अधिवक्ता र रिट निवेदकलाई नभएको भनेका थिए ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणका साथमा न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । उक्त इजलाशमा सुनुवाईका लागि प्रतिनिधि सभा विघटनसम्बन्धि ३० वटा रिट निवेदन रहेका छन् ।

"

"

"