तराईलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय खारेज होस - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

तराईलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय खारेज होस


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी बर्षको बजेटमा समेटेको गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीतिको विरोध गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ मा गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीति समावेश गरी ब्यापार घाटा कम गर्ने सरकारी प्रयासको अध्यक्ष प्रचण्डले विरोध जनाएका हुन् ।

प्रचण्डले बुधबार सामाजिक संजालमार्फत असंबैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस’ भनी माग गरेका छन् ।

तर यता अर्थ मन्त्रालयले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ । चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन मन्त्रालय सचेत रहेको जनाएको हो ।