बहु प्रतिक्षित होण्डा मोटरसाइकल सीबी३५० डिएलएक्स अब नेपालमा - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

बहु प्रतिक्षित होण्डा मोटरसाइकल सीबी३५० डिएलएक्स अब नेपालमा


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले बहु प्रतिक्षित होण्डाको सीबी३५० डिएलएक्स सार्वजनिक गरेको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिका अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यस बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।

नेपालमा होण्डाको सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सीबी३५० डिएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ ।

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइकसिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी तीन विभिन्न रङ्गहरुमा उपलब्धछ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरामदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपालीबजारमा यस सीबी३५० डिएलएक्सको मूल्य रु.७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ ।