करेन्ट लागेर घाइते भएका बालकको उपचारमा समस्या - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

करेन्ट लागेर घाइते भएका बालकको उपचारमा समस्या


रुकुम पश्चिम । करेन्ट लागेर घाईते भएका एक बालकको आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ११ का ८ बर्षीय निर्मा पुरीको उपचारमा समस्या भएको हो । गत जेठ २२ गते गाउँको निन्याउरी खोलामा बाख्रा चराउन उनी बिद्युतको करेन्ट लागेर घाइते भएका थिए ।

करेन्ट लागेर घाइते भएका उनको अहिले काठमान्डौ स्थित पुष्पलाल मेडिकल कलेजमा उपचार भैरहेको छ । तर, आयश्रोत नभएका गरिब परिवारका उनलाई आर्थिक अभावको कारण प्रभावकारी उपचार हुन सकिरहेको छैन ।

थप उपचार हुन नसक्दा निर्माणको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनका अभिभावकले बताएका छन् । उपचारका लागि दैनिक रुपमा धेरै खर्च हुने गरेको निर्माणका ठुलाबुवा धर्मराज पुरीले बताए । अहिले औषधीमा मात्रै दैनिक ३०/३५ हजारसम्म खर्च हुने गरेको उनको भनाइ छ । निर्माणको बुवा रोजगारीको क्रममा भारतमा छन् । निर्माणको साथमा अहिले आमा र ठुलाबुवा छन् ।

दैनिक रुपमा हुने खाना, नास्ता, बेड चार्जको खर्च, हरेक दिन महंगो औषधिको खर्च जुठाउन मुस्किल भएका निर्माणको आमा जानी पुन पुरीले जनाइन् । आर्थिक अभावको कारण बाबूको ज्यान बचाउन मुस्किल हुँदै गएको उनले दुखेसो पोखिन् ।

जेठ २२ गते करेन्ट लागेको थाहा पाएपछि आफन्तले उनलाई उपचारका लागि आठविसकोट नगर अस्पतालमा लिएका थिए । त्यहाँ उपचार सम्भव नहुने भएपछि अस्पताल पुर्‍याएको केही घण्टामै रिफर गरियोको थियो । आठविसकोट नगर अस्पतालबाट रिफर गरिएपछि बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ पुर्‍याउँदा पनि उपचार सम्भव नभएपछि काठमाडौ लिईएको थियो ।

निर्माणकोे उपचारमा सहयोग गरी ज्यान बचाउनको सहयोगीदाताहरुलाई अनुरोध गरिएको छ । निर्माणको आमाको सम्पर्क नम्बर ९८६४३५३६१६ रहेको छ ।