काठमाडौं । विश्व बैंकले नेपाललाई महामारीसँग जुध्न साढे १७ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ । नेपाललाई महामारीसँग जुध्न एवं आर्थिक पुनर्उत्थानमा सघाउ पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गर्न लागेको हो ।
बैंकको हिजो बसेको सञ्चालकहरूको बैठकले नेपालका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जानकारी दिएको छ ।
बैंकले आफ्नो विकास नीति सहायता अन्तर्गत कोभिड महामारी नियन्त्रण, अति संवेदनशील वर्गको सुरक्षा तथा दीर्घकालीन वृद्धिका लागि उक्त ऋण दिन लागेको जनाएको छ ।
"