काठमाडौंमा अब जोर विजोर प्रणाली, पसल खोल्न पाइने - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

काठमाडौंमा अब जोर विजोर प्रणाली, पसल खोल्न पाइने


काठमाडौं । काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा भने थप खुकुलो पारिएको छ ।

यो अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइने छ । निजी सवारी साधन जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेट विजोर बार चल्न दिने निर्णय गरेको हो ।

ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछन् । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
जारी निषेधाज्ञा सोमबार मध्यरात सकिँदैछ ।

मंगलबार असार ८ गतेदेखि लागु हुने नयाँ एक हप्ते निषेधाज्ञामा कपडा पसल, भाडा पसल लगायत भीडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयअवधी बमोजिम सञ्चालन गर्न पाइनेछ । यसअघि बिहान ११ बजेसम्म दूध, फलफूल, तरकारी, खाद्यान्ह र स्टेशनरी खोल्न दिइएको थियो ।

आइतबार, मङ्गलवार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटो मोबाइल र त्यसका पार्टपुर्जा पाइने पसल खुल्नेछ । सोमबार, बुधवार र शुक्रवार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने छ ।

यसरी खुल्ने पसलहरू बिहान ११ देखि दिउसो ४ बजेसम्म मात्र खोल्न पाइने छ । उपत्यकाका तीन जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।