सामाजिक सञ्जालको प्रतिक्रिया अधपतनको संकेत - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

सामाजिक सञ्जालको प्रतिक्रिया अधपतनको संकेत


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभइ सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् ।

सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मानवको शारीरिक स्वास्थ्यमात्र होइन मात्र होइन समाजलाई साँस्कृतिक, नैतिक र चारित्रक रुपले सबल राख्न समेत योग आवश्यक रहेको बताए । ‘योग फर वेल विइङ’को नारासहित विश्वभर सोमबार अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

प्रधानमन्त्री ओलीले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेको समेत बताए । ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड १९ त एक डेढ वर्षमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारीले चल्यो भने कयौ पिढींसम्म दुःख पाइनेछ’, उनले भने ।

अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल हेरी नसक्नु हुन्छ’ ।

सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले हामी असभ्यताको फागु खेलीरहेका छौं’। योगाभ्यासले यो साँस्कृतिक अधपतन रोक्नुपर्ने विचार प्रधानमन्त्रीको थियो । हामीले ‘भत्किएको धरहरा त दुई वर्षमै बनायौं तर साँस्कृतिक धरहरा भत्कियोे भने दुई पुस्ता वित्दा पनि बनिसक्दैन, उनको भनाइ थियो ।

त्यसकारण योग गुरुहरुले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्छ । योगका आठ अंगहरु मध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो कुरा पहिलो सत्यप्रतिको निष्ठा र असत्यलाई अस्विकार गर्नु भएको उनको भनाई थियो । ‘सत्यमा अडिग रहु । सत्यको निष्ठा पुर्वक पालना गर असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यस विरुद्ध लड । यमले सही भन्छ’, उनको भनाइ थियो ।

योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्तिलाई परित्याग गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राखे । आफ्नो वैधानिक र न्यायिक दावी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने धारणा उनको थियो ।

योगसम्बन्धी उत्प्रेरणा जगाउन कहिले काहीँ सबै खालका मानिसलाई हुने योग शिविर चलाई पनि खासमा शारीरिक अवस्था र उमेर मात्र होइन व्यक्ति अनुसारका आशन सिकाउनु पर्ने धारणा उनको थियो । अज्ञानतावश गलत अभ्यास गरियो भने दुर्घटना हुन्छ । शास्त्रले गुरु विनाको शिक्षा वर्जित त्यसै गरेको होइन, उनले भने । योगको विकासका लागि योग साधकहरुसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले बताए ।