भरतपुर महानगरको ४ अर्ब ८१ करोड १२ लाख बजेटः कुन क्षेत्रमा कति ? - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

भरतपुर महानगरको ४ अर्ब ८१ करोड १२ लाख बजेटः कुन क्षेत्रमा कति ?


चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८ र ७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार नवौँ नगर सभामा महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिेन् । उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत),अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार,जनसहभागिताबाट रु ३० करोड, बैंक मौज्दातबाट १ अर्ब,मर्मत सम्भार कोषबाट रु ३ करोड,सडक बोर्डबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

अन्तर सरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ । भरतपुर महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु २ करोड बजेट छुट्याएको छ । यसका साथै चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नका लागि भन्दै महानगरले एकमुष्ट रु ९८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।

यस्तै,महानगरपालिका भित्रका सबै वडाहरूको समानुपातिक विकासका लागि प्रति वडा १ करोड ७० लाखका दरले ४९ करोड ३० लाख,भौतिक पूर्वाधार तथा सहरी विकासका लागि ४१ करोड,शिक्षा क्षेत्रको विकास एवं सुधारका लागि १२ करोड ५० लाख,स्वास्थ्य सेवा क्षेत्रमा ९ करोडका साथै महानगर कोभिड–१९ नियन्त्रण तथा प्रभावकारी उपचारका लागि १ करोड ९० लाखको कोष बजेट समेत छुट्याइएको महानगरले जनाएको छ ।

यस्तै महानगरको विशेष प्राथमिकताको क्षेत्र कृषि तथा पशुपन्छी क्षेत्रको विकास एवं विस्तारका लागि भन्दै कृषि अनुदानमा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण,कृषि सिँचाइमा अनुदान,कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण,कृषि बीमा लगायतका कार्यक्रमहरुको निरन्तरताका लागि महानगरले कुल ८ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

विशेष गरी महानगरले यस पटक कृषि र कृषकको महत्वलाई पहिलो प्राथमिकता दिँदै दूधमा हालसम्म १ रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको महानगरपालिकाले बजेट मार्फत थप २ रुपैयाँ वृद्धि गर्दै अनुदानलाई ३ रुपैयाँ पुर्याइदिएको जनाएको छ ।

महानगरपालिका भित्रका सबै वडाहरूको समानुपातिक विकासका लागि प्रति वडा १ करोड७० लाखका दरले ४९ करोड ३० लाख बजेट छुट्टाइएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् । भौतिक पूर्वाधार तथा सहरी विकासका लागि ४१ करोड, शिक्षा क्षेत्रको विकास एवं सुधारका लागि १२ करोड ५० लाख, स्वास्थ्य सेवा क्षेत्रमा ९ करोडका साथै महानगर कोभिड–१९ नियन्त्रण तथा प्रभावकारी उपचारका लागि १ करोड ९० लाखको कोष बजेट समेत छुट्याइएको महानगर प्रमुख दाहालले बताइन् ।

यस्तै, महानगरको विशेष प्राथमिकताको क्षेत्र कृषि तथा पशुपन्छी क्षेत्रको विकास एवं विस्तारका लागि पनि उच्च बजेट विनियोजन गरिएको छ । कृषिमा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण, कृषि सिँचाइमा अनुदान,कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण,कृषि बीमा लगायतका कार्यक्रमहरु राखेका छन् । कृषि अनुदानका लागि महानगरले कुल ८ करोड ७० लाख बजेट विनियोजन गरेको भरतपुर महानगरले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न रु २ करोड बजेट विनियोजन गरिएको प्रमुख दाहालले बताइन् । हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइएको छ । यसरी कार्यान्वय हुने योजनाहरुको लागि प्रत्येक वडाका निम्ति रु १ करोड७० लाखको दरलेजम्मा रु। ४९ करोड ३० लाख एकमुष्ट विनियोजन गरिएको प्रमुख दाहालको भनाइ छ ।

आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवामा महानगरबासीको पहुँच सुनिश्चित गर्न स्वास्थ्यको सर्वव्यापी पहुँचको अवधारणा अनुसार वडामा स्वास्थ्य संस्था स्थापना,कोरोना संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षण तथा उपचार, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निःशुल्क यातायात एम्बुलेन्स खर्च, क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रम र झुल वितरण कार्यक्रम तथा खोप क्लिनिक, गाउँघर क्लिनिकलगायत सामुदायिक सेवालाई निरन्तरता लगायतका कार्यक्रम कार्यान्वयन गर्न एकमुष्ठ रु ९ करोड विनियोजन गरिएको छ। साथै कोभिडको नियन्त्रण तथा प्रभावकारी उपचारको लागि रु १ करोड ९० लाखको महानगरपालिका कोभिड कोषस्थापना गरिने छ।

पचास प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराउने,कृषकहरूलाई साना सिंचाइमा अनुदान, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने, कृषि बीमा कार्यक्रमलाई निरन्तरता दिइनेलगायतका कृषि विकासतर्फका कार्यक्रम सञ्चालन गर्न एकमष्ठ रु ८ करोड बजेट विनियोजन गरिएको छ।

साथै पशुसेवाका कार्यक्रममा अनुदान प्रदान गर्ने, बीउबिजन र मल वितरणमा अनुदान दिने, दुधमा अनुदान कार्यक्रम,कमजोर भएका र रोजगारी नभएका विपन्न परिवारहरूको जिविकोपार्जनका लागि निर्वाहमुखी पशुपन्छी पालन कार्यक्रम, पशुजन्य पदार्थहरूको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न नश्ल सुधार तथा कृत्रिम गर्भाधान कार्यक्रम, मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम लगायतका पशु विकास कार्यक्रम कार्यान्वयनमा ल्याउनको लागि रु ८ करोड७० लाख वजेट व्यवस्था गरिएको छ।

फोहोरको प्रभावकारी संकलन, ढुवानी तथा व्यवस्थापन एवं हरियाली प्रवर्द्धन गर्ने, एक घर दुई फलफूल विरुवा कार्यक्रम सञ्चालन, महानगरलाई प्लास्टिक मुक्त घोषणा कार्यक्रम, फोहोरलाइ स्रोतमा वर्गिकरण गरी नकुहिने फोहोरमात्र संकलन गर्नेलगायतका कार्यक्रम कार्यान्वयन गर्न एकमुष्ठ रु ७ करोड विनियोजन गरिएको छ।

विद्यालयको भौतिक सुदृणीकरण कार्यक्रम,जस्तापाताको छानो भएका कक्षाकोठामा फल सिलिङ तथा विद्यालय कलर कोड, विद्यालयको रङरोगन गर्ने, एक वडा एक नमुना विद्यालय कार्यक्रमलाइ निरन्तरता दिने,अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश स्तरीय खेलमा पदक जित्ने महानगरका खेलाडीहरुलाई पुरस्कृत तथा सम्मान गर्ने, शिक्षालाइ प्रविधिसँग आवद्ध गर्नेलगायतका शैक्षिक विकासको नीति कार्यान्वयन गर्नको लागि रु १२ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवामा महानगरबासीको पहुँच सुनिश्चित गर्न स्वास्थ्यको सर्वव्यापी पहुँचको अवधारणा अनुसार वडामा स्वास्थ्य संस्था स्थापना, कोरोना संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षण तथा उपचार, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निःशुल्क यातायात एम्बुलेन्स खर्च, क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रम र झुल वितरण कार्यक्रमतथा खोप क्लिनिक, गाउँघर क्लिनिक लगायत सामुदायिक सेवालाई निरन्तरता लगायतका कार्यक्रम कार्यान्वयन गर्न एकमुष्ठ रु ९ करोड विनियोजन गरिएको छ। साथै कोभिडको नियन्त्रण तथा प्रभावकारी उपचारको लागि रु १ करोड ९० लाखकोमहानगरपालिका कोभिड कोषस्थापना गरिने प्रमुख दाहालले बताइन् ।

पचास प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराउने,कृषकहरूलाई साना सिंचाइमा अनुदान, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने, कृषि बीमा कार्यक्रमलाई निरन्तरता दिइने लगायतका कृषि विकासतर्फका कार्यक्रम सञ्चालन गर्न एकमष्ठ रु ८ करोड बजेट विनियोजन गरिएको छ ।

फोहोरको प्रभावकारी संकलन, ढुवानी तथा व्यवस्थापनएवं हरियाली प्रवर्द्धन गर्ने, एक घर दुई फलफूल विरुवा कार्यक्रम सञ्चालन, महानगरलाई प्लास्टिक मुक्त घोषणा कार्यक्रम, फोहोरलाइ स्रोतमा वर्गिकरण गरी नकुहिने फोहोरमात्र संकलन गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गर्न एकमुष्ठ रु ७ करोड विनियोजन गरिएको छ।

विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ती परिचालन, जोखिम अल्पीकरणका कार्यक्रम सञ्चालनसाथै कोरोना महामारी नियन्त्रणका लागि महानगरका विभिन्न स्थानमा क्वारेन्टिन स्थलहरुको प्रभावकारी व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गर्न एकमुष्ठ रु ५० लाख साथै विपद तथा प्रकोप व्यवस्थापन कोषमा एकमुष्ठ रु १ करोड ५०लाख विनियोजन गरिएको छ ।

सहकारी संस्थाहरूलाई समुदायस्तरमा प्रवर्द्धन गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन,युवाहरूलाई सहकारी संस्था वा बैंकमार्फत लिने तीन लाख र पाँच लाख रुपैयाँ सम्मको ऋणमा तीन वर्षसम्मको लागि क्रमशः शतप्रतिशत र असी प्रतिशत ब्याज अनुदान कार्यक्रम सञ्चालन,विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई अनुदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि एकमुष्ठ रु ३ करोड ५० लाख विनियोजन गरिएको छ।

नीजि क्षेत्र लयागत अन्य विकास सहयात्री सँग सहकार्य नीजि तथा अन्य क्षेत्रको सहकार्यमार्फत पुर्वाधार विकास र सेवा प्रवाह गर्नको लागि एकमुष्ठ रु ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। युवाका कार्यक्रम तथा युवाको नेतृत्व विकासमा जोडदिने लगायतका कार्यक्रमको लागि एकमुष्ठ रु ३ करोड विनियोजन गरिएको छ।

महानगरको सूचना तथा अभिलेख केन्द्र स्थापनामा व्यवस्थित गर्ने,सफ्टवेयर मर्मत तथा सम्भार लगायतको कार्यक्रम कार्यान्वयन गर्न रु २ करोड ५१ लाख ५८ हजार विनियोजन गरिएको छ। प्राचीन नाच, कला तथा संस्कृतिको संरक्षण,पर्यटकीय पदमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन तथा घरेलु साना उद्योग सञ्चालनसम्बन्धी विशेष कार्यक्रम सञ्चालनलयागतका कार्यक्रम कार्यान्वयन गर्नको लागि एकमुष्ठ रु २ करोड ५० लाख विनियोजन गरिएको छ।

अद्यावधिक,सेवाग्राहिले कर तिरिसकेपछि एसएमएस मार्फत धन्यवाद ज्ञापन गर्ने कार्यक्रम,डिजिटल प्रणालीमा आबद्ध गरी प्रत्येक करदातालाई एकीकृत कर पोर्टल अन्तर्गत व्यक्तिगत कर पहिचान नम्बर प्रदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरिएकोछ।

कर्मचारीको क्षमता अभिबृद्धि गर्न, नेपाल सरकारले बढाएको तलवमानको अतिरिक्तमहानगरपालिका र अन्तर्गत कार्यरत राजपत्राङ्कित कर्मचारीहरूलाई तलबमानको १० प्रतिशत र राजपत्र अनङ्कित कर्मचारीहरूलाई तलबमानको १५ प्रतिशत प्रोत्साहन भत्ताको लागि बजेट विनियोजन गरिएको छ। नेपाल सरकारले व्यवस्था गरेको पर्यटन काज समेतको लागि बजेट व्यवस्था गरिएको छ।

विगत आर्थिक वर्षदेखि दिइदै आएको मासिक खाजा खर्च कटौति गरिएको छ। महानगरपालिका तथा वडा कार्यालयको समग्र प्रशासनिक खर्च को लागि एकमुष्ठ रु५९ करोड विनियोजन गरिएको छ । लक्षित वर्ग कार्यक्रम तथा सामाजिक उत्थान क्षेत्रकोसमग्र नीति कार्यान्वयन गर्नको लागि एकमुष्ठ रु १ करोड ४० लाख बजेट विनियोजन गरिएको छ।

 

"