राहत वितरण गर्दै ओरेक नेपाल - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

राहत वितरण गर्दै ओरेक नेपाल


रुकुम पश्चिम । महिला हिंसा बिरुद्ध, आय आर्जन तथा सचेतीकरणका लागि कार्य गर्दै आइरहेको महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिममा राहत वितरण कार्यक्रम सुरुवात गरेको जनाएको छ ।

जिल्लाका द्वन्द्व प्रभावित, सुत्केरी, गर्भवती, अपाङ्गता भएका, अति विपन्न, एकल लगायतका महिलालाई लक्षित गरेर ओरेकले आइतबारदेखि राहत वितरण शुरुवात गरेको जनाएको छ ।

पहिलो दिन ५० बाँफिकोट गाउँपालिका १ लागिनका ५० जना महिलालाई राहत वितरण गरिएको ओरेक नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक दिपा धितालले बताइन । उनका अनुसार आज वडा अध्यक्ष हर्कु मल्लको उपस्थितिमा राहत बाँडिएको हो ।

संयोजक धितालले यहि सातामा जिल्लाका अन्य विभिन्न ६ वटा वडामा रहेका ३ सय परिवारलाई यसै साता भित्र राहत वितरण गरिने जनाईन । जिल्लाको त्रिबेणी गाउँपालिकाको वडा नं. ३, ४ र ५, बाँफिकोट गाउँपालिका वढा नं. १ र २ र मुसिकोट नगरपालिकाको वडा न. ८ मा राहत सामाग्री वितरण गरिने संयाजक धितालले बताईन ।

वितरण गरिएका राहत सामाग्रीहरुमा चामल, दाल, चना, तेल, नुन, सेनेटरी प्याड, साबुन र सरफ लगायत रहेका छन् । त्यसैगरी महिलाका लागि अत्यावश्क सुरक्षित सामाग्री (डिग्नीटी किट) पनि बितरण गरिएको छ । जसमा म्याक्सी, पेटिकोट, भित्रि कपडा, टवेल, ब्रस, मन्जन, स्याम्फु, साबुन, सरफ, नङकट, लोसन, काईयो, टिका, रबर, झोला, टर्च लगायतका सामाग्री रहका छन् ।

कोरोना महामारीका समयमा बेरोजगारी बढे पछि दैनिक छाक टार्न अप्ठ्यारो परेका परिवारलाई ओरेकको यो सहयोगले सहज हुने बताईएको छ । यस राहतले बिपन्न र समस्यामा परेकाहरुलाई दैनिक जीवनयापनमा सहजता हुने स्थानीयले बताएका छन् ।