निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखको सहमति - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखको सहमति


काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो । आयोगले भने निर्वाचनका लागि ८ अर्ब ९८ करोड खर्च अनुमान गरेको थियो ।

निर्वाचन प्रक्रियामा लाग्ने कागजदेखि लजिस्टीक सामग्री खरिद र निर्वाचन प्रक्रियाको व्यवस्थापनमा आयोगले प्राप्त गर्ने रकम खर्च गर्नेछ । आयोगले वजेट प्राप्त भएलगत्तै निर्वाचनमा आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर गर्ने तयारीसमेत गरिरहेको छ ।

आयोगले अघिल्ला निर्वाचनमा भन्दा यस पटक फरक रुपमा निर्वाचनको व्यवस्थापकीय तयारी गरिनेसमेत जनाएको छ । यस वर्ष कोभिड १९ को संक्रमणलाई ख्याल गर्दै आयोगले अघिल्ला निर्वाचनमा भन्दा फरक रुपमा आवश्यक तयारी गरिने जनाएको हो ।