दुई दिनपछि खोप आउँछ - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

दुई दिनपछि खोप आउँछ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोभिड महामारीबीच पनि विकासको काम अगाडि बढाइरहेको बताएका छन् । उनले अब दुई दिनमा कोभिड विरुद्धको खोप ल्याउन थालिने पनि बताए ।

समुन्द्रटार त्रिशुली–३ बी हब १३२ केभी प्रसारण लाइन र सबस्टेशनको शनिबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भौतिक र सामाजिक मात्र नभएर सरकारले चौतर्फी विकासको अभियान अगाडि बढाएको बताए । त्रिशुली–३ बी हब १३२ केभी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन पनि एक उचाइ भएको बताए ।

सो अवसरका उनले अब दुई दिनमा कोभिड विरुद्धको खोप ल्याउन थालिने पनि बताए । कोभिडलाई भ्याक्सिनद्धारा अन्त्य गर्ने काम चाँडो पूरा गरिने उनले बताए । खोप पाइएन भन्ने स्थितिबाट चाँडै पार हुने उनको भनाइ थियो ।

सबैलाई एकैपटक भ्याक्सिन लगाउने जनशक्ति पनि नभएकाले समूहगत रुपमा लगाइने उनले बताए । जोखिम र उमेरसमूह अनुसार सबैलाई खोप दिइने उनले बताए ।

तर आगामी साता मात्रा चीनबाट खोप आउने सरकारी अधिकारीहरुले बताएका छन् । चीनबाट नेपाल आयात हुने १० लाख डोज प्राथमिकताको पहिचान गरेर मात्र दिइने जनाइएको छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक गौतमले आगामी साता चीनबाट नेपाल आउने खोप प्राथमिकता पहिचान गरेर मात्र दिइने बताए ।