काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो: सबै सार्वजनिक यातायात चल्ने - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो: सबै सार्वजनिक यातायात चल्ने


काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ। काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउँदै असार ३१ गतेसम्मका लागि निषेधाज्ञालाई जारी राखिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर बिजोर प्रणाली हटाइएको छ ।

जोर बिजोर प्रणाली अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन हुन सक्ने भएका छन् ।सफा टेम्पु र निलो माइक्रोलाई स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालन गर्न अनुमति दिइएको छ ।

प्रशासनको अनुमतिमा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारीसाधनहरु उपत्यकामा प्रवेश गर्न पाउने छन् । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा एउटा हलमा २५ जनाभन्दा बढी बस्न नपाउने गरी परीक्षा स्थान सञ्चालन गर्न दिने उल्लेख छ ।