अदालतलाई धम्की दिने बानी छैन् - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

अदालतलाई धम्की दिने बानी छैन्


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आफ्नो राजनीति नसकिने बताएका छन् ।

कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ‌ओलीले केही दिनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला गर्ने भन्दै पुनर्स्थापना भए पनि वा नभए पनि आफ्नो राजनीति नसकिने बताएका हुन् ।

केही मान्छेहरू विघटन र पुनर्स्थापनाको निर्णयले आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेको बताउँदै उनले आफूहरूको राजनीति जे भएपनि नसकिने जिकिर गरे । आफूले अदालतलाई धम्की वा दबाब नदिएको उनको दावी छ ।

प्रधानमन्त्री ओलीले गत शनिबार विराटनगरमा आयोजित कार्यक्रममा गरेको सम्बोधनलाई स्मरण गर्दै आन्दोलन गर्ने भनेर नाराजुलुसतर्फ संकेत नगरेको स्पष्ट पारे ।

त्यस्तै प्रधानमन्त्री ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको पनि प्रस्ट पारेका छन् । ‘संसद् पुनःस्थापना भए आन्दोलन गर्छु मैले भनेको छैन, मैले कसैलाई धम्की दिएको पनि छैन,’ उनले भने, ‘अदालतलाई धम्की दिने बानी छैन, हामी न्यायालयमा विश्वास गर्छौं ।’

"