एमभी अगस्टा सुपर भेलोचे सिरीओरोको अनावरण - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

एमभी अगस्टा सुपर भेलोचे सिरीओरोको अनावरण


काठमाडौं । मोटरसाइकल र मोटरसाइकल संस्कृतिलाई मान्यता दिन एस जेमोटोद्वारा एमभी अगस्टा सुपर भेलोचेसिरी ओरोको अनावरण गरिएको छ ।

बुधवार एस जेमोटोद्वारा एमभी अगस्टा सुपरभेलोचे सिरीओरोको अनावरण गरिएको थियो। कार्यक्रममा सिमित दर्शक र पाहुनाहरुको साथ एमभी अगस्टा सुपर भेलोचे सिरीओरो अनावरणमा उपस्थित थिए । सुपर भेलोचेओरो मोटरसाइकल विश्व प्रसिद्ध इटालियन ब्रान्ड एमभी अगस्टाको नियो रेट्रो रेसरको एक बहिष्कृत संकरण हो ।

एमभी अगस्टा एफथ्रीबाट व्युत्पन्न इनलाइन तीन सिलिन्डर ईन्जिन र एक कम्प्याक्ट शरीर सरंचना, दुवै रेसिङ्ग र नियमित सवारीको लागी डि जाइन गरीएको छ । मोटरसाइकल एमभी अगस्टा ब्राण्डको रेसिङ्ग विरासतबाट प्रेरित भए पनि यो उन्नत प्रविधिको मानिएको छ । यो केवल ३०० एकाईमा उत्पादन भएको छ।

एसजेमोटो नेपालमा नयाँर रिफर्बिसर्बि गरिएको सुपरबा इकहरूको लागि एक प्रीमियम मोटरसाइकल शोरूम हो। यो अन्य ऐतिहासिक मोटरसाइकल र सुपर बाइकहरूको लागि सग्रंहालय पनि हो।