मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्डमा पहिरो - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्डमा पहिरो


रुकुम पश्चिम । मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड अवरुद्ध भएको छ । बुधबार बेलुकादेखि निरन्तर परेको झरिको कारण आएको पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको मुसिकोट-चौरजहारी सडकखण्ड र राप्ती राजमार्गको मुसिकोट-सल्यान सडकखण्ड अवरुद्ध बनेको बनेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीका अनुसार मध्यपहाडी लोकमार्ग रुकुम पश्चिम खण्डको सानीभेरी गाउँपालिकाको सुलिहालेलगायत पुर्तिमकाँडा, गिठाकोट, मुसिकोट नगरपालिकाको छिवांग लगायतका स्थानमा पहिरो आएको छ । प्रहरी निरिक्षक शाहीले अहिले पनि पहिरो झरिरहेकोले सम्बन्धित पक्षले पहिरो पन्छाउने अवस्था नरहेको जनाए ।

त्यसैगरी निरन्तरको झरीको कारण राप्ती राजमार्गको पितिवांग खोलामा आएको बाढीले धार परिवर्तन गरेर बाटो अवरुद्ध भएको छ भने सोहि स्थानको कालेखोलामा आएको पहिरो समेतको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ ।