कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहमा सकस - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहमा सकस


काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा पुनः सभापतिमै उम्मेदवारी दिने बताइसकेका छन् । विमलेन्द्र निधिले दुई बर्ष अघिदेखि नै सभापतिमा दाबी गरिरहेका छन् । तर संस्थापन इतर पक्षलाई सभापति पदमा साझा उम्मेद्वार तय गर्न समस्या देखिएको छ ।

रामचन्द्र पौडेल समूहको शुक्रबार बसेको बैठकमा आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार उठाउने विषयमा छलफल भएको छ । तर सभापतिका आकांक्षी नेताहरुले आफैंलाई उम्मेवारको रुपमा प्रस्तुत गर्दै एक अर्कालाई सहयोगका लागि आग्रह गरेका छन् । साझा उम्मेदवार उठाउने विषयमा छलफल निरन्तर रहने नेता अर्जुननरसिंह केसीले बताएका छन् ।

उनले पूर्व संस्थापन पक्षमा रहेका नेताहरू फेरी पनि अलग अलग समूह बनाएर महाधिवेशनमा जाने हो भने नेतृत्व लिन नसकिने भन्दै एकताबद्ध ढङ्गबाट अघि बढ्ने वातावरणका लागि यो प्रयास गरेको जानकारी दिए । कांग्रेसमा इतर समूहबाट सभापतिमा रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायतले इच्छा देखाएका छन् ।

सभापतिमा साझा उम्मेदवार बनाउनेबारे छलफलमा जुटेको छ । पुरानो संस्थापन पक्ष मानिएको रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र कोइराला परिवारसहितका नेताहरू साझा उम्मेदवारको सम्भावनाबारे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटिसकेका छन् ।

"