काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियुक्त गरिएका पदाधिकारीलाई पदमुक्तको माग राख्दै प्रदर्शनमा उत्रिएका नागरिक अगुवाहरु सिंहदरबार अगाडीबाट पक्राउ परेका छन् ।
बृहत् नागरिक आन्दोलन अभियानले आइतबार गरेको प्रदर्शनका क्रममा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा लगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको अभियन्ता खगेन्द्र संग्रौलाले पुष्टि गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘विपी अस्पताल धरानलाई भ्रष्टहरूबाट, लोकतन्त्रलाई भष्मासुरबाट जोगाऔँ आन्दोलनमा सिंहदरबार दक्षिण ढेकामा धर्ना दिन जान लाग्दा ओलीराजका कृपाले बीचैमा पक्रेर पुलिस क्लबमा चलमन गराएको अवस्था।’
विपी प्रतिष्ठानमा दलीय भागबण्डा नभई वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गरिनुपर्ने अभियन्ताहरुको माग छ । प्रदर्शनका क्रममा अभियन्ताहरुले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
१. अर्चना थापा
२.प्रणेता
३. अनुभव अजित
४. अरूण देव जोशी
५. निर्ग नवीन
६. शशी विक्रम कार्की
७.अरूण थापा
८. नविन तिवारी
९. वसन्त छिपा
१०. विमल अर्याल
११.गोविन्द छन्त्याल
१२.श्रवण मुकारूङ
१३.राजेन्द्र महर्जन
१४. नारायण वाग्ले
१५. खगेन्द्र संग्रौला
१६। डा. सञ्जीव उप्रेती
१७. चन्द्रवीर तुम्बापो
१८. प्रदिप सेढाई
१९. नरेश ज्ञवाली
२०.डा. कुम्भराज जोशी
२१. प्रशान्त राई
२२. विष्णु अधिकारी
२३। छम गुरूङ
२४. युग पाठक
२५. मनोज खतिवडा
२६. डा.एलबी बस्नेत