जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले रिट दर्ता गराएका हुन्।

उत्प्रेषणको आदेशबाट जसपालाई खारेजी गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको हो। तत्कालीन राजपा र समाजवादी पार्टी नेपालबीचको एकीकरण वैधानिक नभएको रिटमा भनिएको छ ।

राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्यो समेत नभएको रिटमा दाबी गरिएको छ। फुटको संघारमा रहेको जसपाको आधिकारिता विवाद निर्वाचन आयोग पुगेको छ।

"