विपक्षी गठबन्धनसँग माधव नेपालको ‘विछोड’ - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

विपक्षी गठबन्धनसँग माधव नेपालको ‘विछोड’


काठमाडौं । प्रतिनिधि पुनःस्थापनाका लागि एक ठाउँ उभिएका विपक्षी गठबन्धनका नेताहरुमध्येका माधवकुमार नेपालले अलग हुने संकेत गरेका छन् । सोमबार कोटेश्वरस्थित नेपालको घरमा भएको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने संकेत गरेका हुन् ।

बैठकमा धेरै नबोलेका नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएको सुनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा नेता नेपालले अबको राजनीतिक अवस्था फरक बनिसकेकाले देउवालाई नेकपा एमालेलाई पनि सँगै मिलाएर अघि बढ्न सुझावसमेत दिएका छन् । नेपालले अब आफू एमाले एकताका लागि कार्यदलले गरेको सहमति अनुसार अघि बढ्नुपर्ने बाध्यतामा रहेको पनि सुनाएका थिए ।

त्यस्तै नेपाल पक्षले पार्टी फुटाएर सरकारमा नजाने पनि जनाएको छ । बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले पार्टी फुटाएर आफूहरू सरकारमा नजाने बताए ।

‘संविधानलाई सही बाटोमा ल्याउनुपर्ने अभिभारा हामीले पूरा गरेका छौं’ उनले भन ‘अब पार्टी फुटाएर सरकारमा जानुको अर्थ छैन, पार्टीमा छलफल गरेर यस विषयमा निर्णय गर्छौं ।’ देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेपाल पक्षका २३ जना सांसदले थिए प्रधानमन्त्री बन्न लागेका देउवालाई विश्वासको मत नदिने पनि बताएका छन् ।