प्रधानमन्त्रीमा देउवा र चार मन्त्रीले लिए शपथ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

प्रधानमन्त्रीमा देउवा र चार मन्त्रीले लिए शपथ


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको सपथ गराएकी छन् । देउवासँगै पहिलो चरणमा चार मन्त्रीले पनि शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनु्सार देउवालाई प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ गराएकी हुन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले देउवालाई सपथ गराएकी हुन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । तर सो क्रममा जारी सूचनामा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले सपथको भाषा सच्याउन आग्रह गरेका थिए ।

देउवाको सो आग्रह र अडानपछि राष्टपति कार्यालयले सूचना सच्याएर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्दै सपथ गराएकी हुन् । यो सँगै देउवा पाँचौ पटक देशको प्रधानमन्त्री बन्न सफल भएका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए । त्यस्तै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका देउवाले नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना मन्त्री समावेश गर्दै सानो आकारणको मन्त्रिपरिषदको गठन गरेका छन् ।

जसअनुसार गृहमन्त्रीमा कांग्रेस संसदीय दलका प्रमुखसचेतक बालकृष्ण खाँण, कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुषालले पद तथा गोपनीयताको सपथ दिएका छन् ।