काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले अदालतको फैसलाको प्रशंसा गर्दै काँग्रेसले निर्णयको स्वागत गर्ने बताए ।
देउवाले विज्ञप्तिमार्फत सर्वोच्च अदालतको फैसला स्वागत योग्य छ, काँग्रेस यो फैसलाको स्वागत गर्छ,’ भनेका छन् । उनले अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेको जनाउँदै उनले काँग्रेसले आफ्नो निर्णयमा संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको प्रतिक्रिया दिए ।
ओलीले चालेको असंवैधानिक कदमका बारेमा काँग्रेसले वडा स्तरदेखि देशव्यापी विरोधका कार्यक्रम समेत गरेको उनले स्मरण गराए
"