देउवा मन्त्रिपरिषदको दुई महत्वपूर्ण निर्णय - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

देउवा मन्त्रिपरिषदको दुई महत्वपूर्ण निर्णय


काठमाडौं । सरकारले ३ साउनका लागि प्रतिनिधि सभा बैठक बोलाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनका लागि प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिए।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत ७ जेठमा प्रतिनिधिसभा विघटन गरेको थियो। तर, सर्वोच्च अदालतले गत २८ गते प्रतिनिधि सभा पुरःस्थापना गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएकै दिन ३ साउनमा संसद् बोलाउन आदेश दिएको थियो।

त्यस्तै सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गरेको छ । मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यी दुवै आयोग द्वन्द्वकालीन समस्या समाधानका लागि गठन भएका आयोग हुन् । यी दुवै आयोगको म्याद आजै सकिँदै थियो ।