चार सांसदले महन्थ ठाकुरको गुट छाडे - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

चार सांसदले महन्थ ठाकुरको गुट छाडे


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले गुट परिर्वतन गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै महन्थ ठाकुर पक्षधर रहेका चार सांसद उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए ।

अन्य व्यक्ति पनि गुट परिवर्तन गरेर यादव पक्षमा आउने उनीहरुले दाबी गरेका छन् । सरकारमा जाने बेला ठाकुरसँग २० जना सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादवसँग १२ जना मात्र सांसद थिए । तर सरकारबाट बाहिरिएपछि परिस्थिति फेरिएको छ ।

ठाकुरले शुक्रबार बोलाएको जसपको सांसदीय दलको बैठकमा ठाकुर निकट ७ जना सांसद अनुपस्थिति थिए । ती मध्ये ४ जना सांसद शनिबार यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

ठाकुर पक्षबाट आफ्नो टिममाआएका सांसदहरूलाइ मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन् । यादव पक्षका अनुसार शनिबार यादव पक्षले बोलाएको बैठकमा प्रतिनिधि सभाका १७ जना सांसद र राष्ट्रिय सभाका दुई जना सांसद थिए ।

यस्तै शनिबार विहानै जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झाले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीई भेट्न वालकोट पुगेका थिए । भेटमा प्रधानमन्त्रीले आफूले आराम गरिरहेको जनाएका थिए । भेटमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीज्युले बालुवाटारबाट आए पछि मलाई रिल्याक्स भइरहेको छ भन्नुभयो ।’