कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो


काठमाडौं । विश्वभर कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६ सय ८० जनाले कोभिडबाट ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पाँच लाख ४० हजार ३ सय ९८ जनाले कोभिडबाट ज्याम गुमाउँदा भारतमा चार लाख १२ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

यसैगरि विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । चीनमा एक अर्ब ४२ करोड ६३ लाख ४७ हजार डोज खोप लगाइएको छ । भारतमा ३९ करोड ९६ लाख ९५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ५४ लाख, ब्राजिलमा ११ करोड ५३ लाख, जर्मनी ८ करोड ४९ लाख डोज खोप लगाइएको छ । त्यसैगरि बेलायतमा ८ करोड २३ लाख, जापान ६ करोड ६७ लाख, फ्रान्समा ६ करोड ३३ लाख, टर्कीमा ६ करोड २४ लाख डोज खोप लगाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ९४ लाख ७४ हजार ८ सय ६० पुगेको विश्वविद्यालयले जनाएको छ ।