देउवालाई राति नै मोदीको बधाई - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

देउवालाई राति नै मोदीको बधाई


काठमाडौं । प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

विश्वासको मत पाएको घोषणा भएलगत्तै मोदीले सामाजिक संजालमार्फत बधाई दिएका हुन । उनले बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
मोदीको बधाई नदिएको भनी आलोचना भइरहेको बेला आइतबार राति नै सामाजिक संजालमार्फत बधाई दिंदै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

मोदीले नेपाल र भारतबीचका सबै क्षेत्रमा साझेदारी बृद्धि गर्न र जनताबीचको गहिरो सम्बन्ध सुदृढ गर्न देउवासँग काम गर्न चाहेको पनि बताएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आज आइतबारको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिएका हुन् । २४९ सांसदले भाग लिएको बैठकमा पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको थियो ।