होण्डाको गार्जिया स्कुटर अब बिएसभीआइ मोडलमा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

होण्डाको गार्जिया स्कुटर अब बिएसभीआइ मोडलमा


काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले गार्जियाको बिएसभीआइ मोडलको नयाँ स्कुटर सार्वजनिक गरेको छ ।

आकर्षक र स्टाईलिस लुकमा सार्वजनिक भएको १२५ सीसीको बिएसभीआइ मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध छ । यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टी जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।

यस स्कुटरमा प्रोग्रामफ्यूलइन्जेक्टर टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको कम्पनीको दाबी छ । यो नयाँ मोडेलको स्कुटरमा सडक जाम भएको समयमा इन्धनको बचत गर्नको लागि डायलिङ स्टपको सुविधा रहेको छ ।

बीएसभीआइ एसटीडी यस मोडलमा इन्जिनको स्र्टाट स्टप स्वीचको सुविधा छ । यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजीसहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ हिट इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु छन् । । नेपाली बजारमा गार्जिया बीएसभीआइ–डिआरएस मोडलको मूल्य २,६९,९०० रहेको र बीएसभीआइ–डीएसएसको मूल्य २,८९,९०० रहेको छ ।