माधव नेपालले बनाए ‘पिपुल्स भोलेन्टियर’ - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

माधव नेपालले बनाए ‘पिपुल्स भोलेन्टियर’


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समुहका एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन।

४३औं पुष्पलाल स्मृति दिवसका अवसरमा विहीबार युवा संघद्वारा भक्तपुरमा आयोजित समारोहमा नेपालले पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन। शिव श्रेष्ठको संयोजकत्वमा सार्वजनिक गरिएको पिपुल्स भोलेन्टियरको इन्चार्जमा संघका उप–महासचिव एवं प्रवक्ता सञ्जिप राई र सचिव मनोज खत्री तोकिएका छन् ।

यसअघि नेपाल निकट अनेरास्ववियूले अखिल फोर्स गठन गरेको थियो । एमाले अध्यक्ष केपी ओली निकट युवा संघले युथफोर्स ब्यूँताएपछि नेपालनिकट युवा संघ र अनेरास्ववियूले युवा र विद्यार्थीको दस्ता बनाएको थियो ।

ओली निकट युवा संघले युथ फोर्स ब्युँताएपछि नेता नेपाल समूहले पनि पिपुल्स भोलेन्टियर घोषणा गरेको हो । घोषणा अघि मोटरसाइकल र्‍याली निकालिएको थियो ।