चीनमा कोरोनाका नयाँ संक्रमितहरु भेटिन थाले - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

चीनमा कोरोनाका नयाँ संक्रमितहरु भेटिन थाले


एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम बढेको छ । चीनमा ४० जना नयाँ संक्रमित भेटिएपछि चीन सरकारले फेरि संक्रमण फैलनसक्ने चेतावनी दिएको छ ।

चीनको जाङ्सु र लियानिङमा ती संक्रमितहरु भेटिएका हुन् । ती क्षेत्रहरुमा केही दिन यता निरन्तर नयाँ संक्रमितहरु देखिने क्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

यसैगरी विभिन्न मुलुकबाट चीन पुगेका ३६ जनामा पनि संक्रमण पुष्टि भएको छ । चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।

संक्रमितहरु थपिन थालेपछि चीनको स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गर्दै स्वास्थ्य मापदण्ड पालनामा कडाई समेत गर्न थालेको छ ।