काठमाडौं । सरकारले केही नयाँ निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्वनाथ पौडेल नियुक्त गर्ने निर्णय गरेको छ । साथै, सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ चयन भएका छन् ।
त्यस्तै, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ्ग र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनको नाम सिफारिस गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
साथै, प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गतेबाट अनिवार्य अवकाश पाउँदै छन् ।